मेनुका पौडेलले पाइन् एआइजडित चश्मा, अब मान्छे चिन्न सक्ने

मेनुका पौडेलले पाइन् एआइजडित चश्मा, अब मान्छे चिन्न सक्ने : Icon Khabar

काठमाडौँ, माघ १५ । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चश्मा दिएका छन् ।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डा. नितिन र रोहनले एआईजडित उक्त विशेष चश्मा मेनुकालाई प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चश्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो । लता मंगेशकरको गीतमा प्रस्तुत गरेपछि मेनुकालाई चश्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चश्मा प्रदान गरेका थिए ।

उक्त चश्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने सो अवसरमा बताएका थिए । डाक्टरले सबै जज र अतिथिलाई मञ्चमा बोलाएर उक्त चश्माको डेमो प्रस्तुत गरेका थिए । चश्मा लगाइसकेपछि मेनुकाले चिकित्सक र इण्डियन आइडललाई धन्यवाद दिएकी छिन् । मेनुकाले इण्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र प्रतिस्पर्धा गरिरहेकी छिन् ।

Published Date: 29 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास