नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि : Icon Khabar

काठमाडौँ, माघ १४ । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ। यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।

यसदिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको साढे २३ करोडको शेयर कारोबार भएको छ भने रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध