बार्सिलोनाको अर्को हार

बार्सिलोनाको अर्को हार : Icon Khabar

काठमाडौँ, माघ १४ । बार्सिलोनाले ला लिगामा शनिबार अर्को हार बेहोरेको छ । भिल्लारियलले बार्सिलोनालाई ५-३ ले हराएको हो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए ।

२-० ले पछि परेको अवस्थाबाट खेलमा फर्केको बार्सिलोनाले एक समय ३-२ को अग्रता समेत लिएको थियो। तर त्यसलाई जोगाउन सकेन। ६० औं मिनेटमा बार्सिलोनाका लागि इल्के गुन्डोगनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ६८औं मिनेटमा पेड्रीले गोल गरेपछि खेलमा २-२ गोलको बराबरी भयो ।

खेलको ७१ औं मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता लिएको थियो । तर खेलको ८४औं मिनेटमा भिल्लारियलका लागि गोनकालो गिउडेसले बराबरी गोल फर्काए ।

इन्जुरी समयको नवौं मिनेटमा एलेक्सजेन्डर सोर्लोथले र १२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि खेल भिल्लारियलले ५-३ ले जित्यो ।

ला लिगामा सिजनको तेस्रो हार बेहोरेको बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्षस्थानमको रियल म्याड्रिड भन्दा बार्सिलोना १० अंकले पछाडि छ । २२ खेलमा २३ अंकका साथ भिल्लारियल तालिकाको १४औं स्थानमा छ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ