बार्सिलोनाको अर्को हार

बार्सिलोनाको अर्को हार : Icon Khabar

काठमाडौँ, माघ १४ । बार्सिलोनाले ला लिगामा शनिबार अर्को हार बेहोरेको छ । भिल्लारियलले बार्सिलोनालाई ५-३ ले हराएको हो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इलियास अखोमाचले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाएका थिए ।

२-० ले पछि परेको अवस्थाबाट खेलमा फर्केको बार्सिलोनाले एक समय ३-२ को अग्रता समेत लिएको थियो। तर त्यसलाई जोगाउन सकेन। ६० औं मिनेटमा बार्सिलोनाका लागि इल्के गुन्डोगनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ६८औं मिनेटमा पेड्रीले गोल गरेपछि खेलमा २-२ गोलको बराबरी भयो ।

खेलको ७१ औं मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता लिएको थियो । तर खेलको ८४औं मिनेटमा भिल्लारियलका लागि गोनकालो गिउडेसले बराबरी गोल फर्काए ।

इन्जुरी समयको नवौं मिनेटमा एलेक्सजेन्डर सोर्लोथले र १२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि खेल भिल्लारियलले ५-३ ले जित्यो ।

ला लिगामा सिजनको तेस्रो हार बेहोरेको बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्षस्थानमको रियल म्याड्रिड भन्दा बार्सिलोना १० अंकले पछाडि छ । २२ खेलमा २३ अंकका साथ भिल्लारियल तालिकाको १४औं स्थानमा छ।– एजेन्सी

Published Date: 28 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग