काठमाडौँ महानगरभित्र कटन क्यान्डी बिक्री गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना हुने

काठमाडौँ महानगरभित्र कटन क्यान्डी बिक्री गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना हुने : Icon Khabar

काठमाडौं, माघ १३ । काठमाडौँ महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग,उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परिक्षण गर्दा त्यसमा अखाद्य तत्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।

शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो । महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्रीवितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकेको छ ।

“अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्रीवितरण नगर्न-नगराउन अनुरोध गर्दछौं,” महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्रीवितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

Published Date: 27 January 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता