प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै : Icon Khabar

काठमाडौं, माघ १३ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज टियु मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुँदैछ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी बागमती प्रदेशले आफ्ना ८ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा झरेको छ । त्यस्तै एपीएफ ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ६ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा एक जित र ३ हार ब्यहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार ब्यहोरेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2024
Website | + posts




ताजा
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता
सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने