बालबालिकाको सर्वाङ्गीण विकासका लागि भक्तपुरको पाण्डुबजार हाईटमा रहेको ‘वि किड्स’ स्कुल

बालबालिकाको सर्वाङ्गीण विकासका लागि भक्तपुरको पाण्डुबजार हाईटमा रहेको ‘वि किड्स’ स्कुल : Icon Khabar

भक्तपुर, माघ १२ । स्कुलको गेट छिर्ने बित्तिक्कै स – साना नानीबाबु खुसीले उफ्रिन्छन्, अनुहारमा छुट्टै कान्ति छाउँछ । अभिभावकहरु पनि ढुक्क हुन सक्छन् । स्कुल छिर्ने ठाउँदेखि स्कुलका प्रत्येक कक्षाकोठा, खेल्ने ठाउँ, शौचालय सबै–सबै ससाना बालबालिका सुहाउँदो छ, अर्थात् ती संरचनाहरु, सबै चिजबिजहरु बालमैत्री र बालसुलभ छन् ।

यतिमात्र हैन, फराकिलो क्षेत्र अनि शान्त वातावरण, दिनभर घामले नछोड्ने पारिलो ठाउँ, मन र शरिर दुबैलाई शितल बनाउने सुन्दर बगैंचारुपी स्कुल । यही सुन्दर, शान्त र रमाइलो स्कूल हो, ‘वि किड्स’, जुन स्कुलमा रमाउँदै, खेल्दै, पढिरहेका छन्, सिकिरहेका छन्, नानीबावुहरु ।

सूर्यविनायकको पाण्डुबजार चोकबाट मात्र चार सय मिटरमा रहेको पाण्डुबजार हाईटमा सञ्चालित ‘वि किड्स’ स्कुल सहरबाट मात्र हैन, जहाँबाट पुग्नका लागि पनि त्यति टाढा छैन । सडक सञ्जालको सरल र सहज पहुँचमा रहेको यो स्कुल आफ्ना बालबालिकाको सुन्दर भविष्य र सर्वाङ्गीण विकास चाहने सबै वर्ग, धर्म, क्षेत्रका अभिभावकको पहिलो रोजाइ र गन्तव्य हो र बन्दै गएको छ ।

अभिभावकहरुको चाहना तथा रूचि अनुसार बालबालिकाहरूको सिकाईलाई प्राथमिकतामा राखी बास्तविक रुपमा मन्टेश्वरी वा प्रिस्कुलको पूर्ण अभ्यासका साथ ‘सस्तो र सुलभ शिक्षा प्रदान गर्नु’ वि किड्सको विशेषेतामात्र हैन, उद्देश्य पनि हो ।

विद्यालय स्थापनाको उद्देश्य यतिमात्र होइन, प्रिस्कुलको फ्रेन्चाइजको नाममा विदेशीने पैसालाई निरुत्साहित गरी नेपाल सरकारले नै स्वीकृत गरेको इसिडी पाठ्यक्रमलाई समय सुहाउँदो प्रचलित विभिन्न पठनपाठन विधिहरू (विदेशी तथा स्वदेशी) को समायोजन गरी विकास गरिएको शैक्षिक पाठ्यक्रम तथा क्रियाकलापहरू समावेश गरी बालबालिकाहरुको संर्वाङ्गिण विकासमा ध्यान दिने पनि यसको अर्को विशेषता हो ।

यसैले वि किड्स शहर–बजारमा मन्टेश्वरीको बोर्ड झुन्ड्याएको भरमा तालिमै नभएका नभएका शिक्षकशिक्षिकाहरुको भरमा सञ्चालनमा रहेका ‘नाम मात्रका मन्टेश्वरी’ भन्दा धेरै अर्थ, अभ्यास, अनुभवमा अलग छ । मन्टेश्वरी र प्रिस्कुलमा देखिएका अनेकौं विकृति, विसंगतिबाट टाढा रही सञ्चालनरत ‘वि किड्स’ वास्तबमा एक सुव्यवस्थित प्रिस्कुल हो ।

बालबालिकाको सुन्दर भविष्य र सर्वाङ्गीण विकासका लागि स्कूल सञ्चालक, व्यवस्थापक, शिक्षकशिक्षिका तथा आया(दिदी) हरुको
समर्पणको प्रत्यक्ष अनुभव गर्न सकिने यो स्कूल मन्टेश्वरी विद्यालयको संचालनको ५ वर्ष अनुभव प्राप्त युवाहरूको सक्रियातामा करिब ५ रोपनी क्षेत्रफलमा रू. १ करोड ६० लाख बढी लगानीमा संचालनमा आएको हो ।

विगत २० वर्षदेखि शिक्षा क्षेत्र तथा शिक्षण संस्थाको व्यवस्थापन र संचालनमा सफल व्यक्तिहरुको सक्रियतामा सञ्चालनरत यस स्कुलकी प्रिन्सिपल मञ्जु दुवाल शिक्षासँगसँगै बालबालिकाहरुको ५ वटा पक्षको विकास गराउनुलाई स्कुल स्थापनाको उद्देश्यसँग जोडछिन् ।

शारिरीक, मानसिक, रचनात्मक, सामाजिक तथा भावनात्मक र नैतिक विकासलाई पढाइसँगै लैजाने आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ ।

‘त्यसका लागि हामीले ‘एक्स्पोलर, लर्न र ग्रो’ को अवधारणा अनुसार शिक्षकदेखि विद्यालयको भौतिक वातावरणका साथै कक्षाकोठासम्मलाई नानीबाबु सुहाउँदो बनाएका छौं’, उनले भनिन्, ‘त्यसैगरी प्लेस्टेशन लगायत विभिन्न खेलकुदका सामाग्रीहरूको पर्याप्त व्यवस्था, मन्टेश्वरी सिकाईका सामानहरू, फिल्ड भिजिट, विभिन्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू, विभिन्न खेलकुद, योगा, संगीत तथा डान्सका छुटै कक्षा र नानीबाबुहरुको नियमित स्वास्थ्य जाँच(हेल्थ चेकअप) गरिरहेका छौं ।’

साथै डाईटिशियनको सिफारिसमा दिनको ३ पटक शुद्ध तथा पौस्टिक खाना र खाजा खुवाउने गरेको उनले जानकारी दिए । प्रिस्कुल तथा मन्टेश्वरीहरुको बीचमा कस्तो खाले स्कुल रोज्ने भन्ने अभिभावकबीच अन्योल छ, भ्रम छ । यस्तो अवस्थामा अभिभावकले बुझेर आफ्ना नानीबावुहरुलाई स्कूल भर्ना गराउनुपर्ने प्रिन्सिपल दुवाल बताउँछिन्।

अभिभावकहरुले आफ्नो बच्चालाई स्कूलमा पठाउँदा यो स्कूलमा युकेजीसम्म पढ्दा त्यो स्कुलले लाइफ लङ एजुकेशनका लािग के गर्छ र कस्तो शिक्षा प्रदान गर्छ? भन्ने बुझेरमात्र प्रिस्कुल वा मन्टेश्वरी रोज्नुपर्ने उनी बताउँछिन् ।

सामान्यतया सुरुमा विद्यालयमा भर्ना गर्दाखेरि प्रायः अभिभावकहरूले मुख्यतया ३ वटा पक्षलाई ध्यानमा राखेर भर्ना गराउने गरेको पाइन्छ । पहिलो, मेरो बच्चालाई नरुवाओस्, दोश्रो, स्वस्थ तथा पौष्टिक खाना खुवाओस् र तेश्रो घाउ, चोटपटक नलाग्ने किसिमको वातावरण होस् । यतिमात्र हैन, अभिभावकले कहाँ कस्तो वातावरण (भौतिकर तथा व्यवहारीक) छ भन्ने कुरा पनि हेनुपर्ने बताउँछिन् ।

प्रिस्कुल सञ्चालन सजिलो, सरल र बाहिर देखिएजस्तो छैन । प्रिस्कूलले नानीबावुको सर्वाङ्गिण विकासमा भूमिका खेल्ने र त्यसैले देशको भविष्य बनाउने भएकाले त्यसप्रति सबै निकाय जिम्मेवार बन्नैपर्छ । स्कुल संस्थापकदेखि टिचर, केयर टेकरहरु सबै जना अनुभवी हुनुपर्छ ।

म्यानेजमेन्ट, अभिभावकसँगको सम्बन्ध राम्रो हुन्छ भने त्यो स्कूलेले मात्रै केटाकेटीलाई अहिलेको शिक्षाको माग अनुसारको काम गर्न सक्छ । होइन भने बालबालिकामा गरेको लगानी खेर जाँदैन भन्दै पूर्ण रुपमा नाफामात्र खोज्ने स्वभावले प्रिस्कुल खोल्दै गर्दा त्यसले नानीबावु र अभिभावकप्रति अन्याय गरेको ठहर्छ ।

प्रिस्कूलले तालिम लिएका शिक्षक वा सहजकर्ताको व्यवस्था गर्दैमा त्यो स्कुल पूर्णत : बालमैत्री, सिकाइमैत्री हुन्छ भन्ने हैन, यदि ती शिक्षकहरुको कन्सेप्ट (अवधारणा) अनुसारको काम गर्न नदिने संस्थापकहरु रहे भने त्यो स्कूलमा बालमैत्री वातावरण हुन्न, शिक्षकले गर्नुपर्ने काम शतप्रतिशत गर्न सक्क्तैन ।

बजारमा यस्ता पनि प्रिस्कुल र मन्टेश्वरी रहेकाले तिनीहरुबाट अभिभावकहरु सतर्कमात्र नभई टाढा हुनुपर्ने प्रिन्सिपल दुवालको सुझाव छ । ‘प्रिस्कुल र मन्टेश्वरीको आर्कषक बोर्डको पछि लागे अभिभावकहरूको लगानी खेर जाने सम्भावना प्रवल हुन्छ । तसर्थ अभिभावकहरुले सबै पक्षको अध्ययन गरेर मात्र विद्यालयमा बच्चालाई भर्ना गर्नुपर्छ’ ।

यसैले उनी अभिभावकलाई एकपटक पाण्डुबजार हाईटमा रहेको ‘वी किड्स’ को अवलोकनका लागि स्कूल भ्रमण गर्न अनुरोध गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2024
Website | + posts