भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पुन्ही मनाइंदै

भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पुन्ही मनाइंदै : Icon Khabar

भक्तपुर, माघ ११ । आज छ्याला पुन्ही। हरेक वर्षको पौष शुक्ल पुर्णिमालाई नेपाल भाषामा छ्याला पुन्ही भनिन्छ । नेवार समुदायमा रहेको विभिन्न पर्वहरु कृषि र सरसफाइ संग सम्बन्धित रहेको हुन्छ ।

यो पुर्णिमालाई पनि सरसफाइ गर्ने पर्वको रुपमा लिइन्छ । आजको दिन घरमा वर्ष भरि प्रयोग गरि टुटेका फुटेका माटोका सामानहरु घर नजिक रहेको “छ्वास” मा मिल्काउने गर्दछ । माटोको सामान भन्नाले घ:, स्वमा, टेप, अथ, कलाचा, गोप भाजं, भेग:, आदि हुन ।

घरमा पुरानो चर्के फुटेको भाडा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकोले वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाडा चोकमा फाल्न लाने बताउछन ।

आजकै दिनबाट नै काठमाडौंको साँंखुमा माधवनारायणको स्वस्थानी ब्रत भक्तपुरको हनुमानघाटमा माधवनारायणको ब्रत सुरु हुने परम्परा छ । साथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ ।

Published Date: 25 January 2024


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल