भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पुन्ही मनाइंदै

भक्तपुरमा आज पूराना माटाका भाँडाहरु फुटाएर छ्याला पुन्ही मनाइंदै : Icon Khabar

भक्तपुर, माघ ११ । आज छ्याला पुन्ही। हरेक वर्षको पौष शुक्ल पुर्णिमालाई नेपाल भाषामा छ्याला पुन्ही भनिन्छ । नेवार समुदायमा रहेको विभिन्न पर्वहरु कृषि र सरसफाइ संग सम्बन्धित रहेको हुन्छ ।

यो पुर्णिमालाई पनि सरसफाइ गर्ने पर्वको रुपमा लिइन्छ । आजको दिन घरमा वर्ष भरि प्रयोग गरि टुटेका फुटेका माटोका सामानहरु घर नजिक रहेको “छ्वास” मा मिल्काउने गर्दछ । माटोको सामान भन्नाले घ:, स्वमा, टेप, अथ, कलाचा, गोप भाजं, भेग:, आदि हुन ।

घरमा पुरानो चर्के फुटेको भाडा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकोले वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाडा चोकमा फाल्न लाने बताउछन ।

आजकै दिनबाट नै काठमाडौंको साँंखुमा माधवनारायणको स्वस्थानी ब्रत भक्तपुरको हनुमानघाटमा माधवनारायणको ब्रत सुरु हुने परम्परा छ । साथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024
Website | + posts




ताजा
जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट संचालनमा आउने
चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु
बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका