अब राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन नपर्ने

अब राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन नपर्ने : Icon Khabar

काठमाडौँ, माघ ९ । परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ ।

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफल अनुसार छलफलमा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टबेस राहदानी विभागले प्रयोग गरे सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुने छ ।

परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव सावदले भने, ‘‘यसबाट पासपोर्ट सेवालाई पनि दुरुस्त बनाउन अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट डेलिभरी हुन्छ । राष्ट्रिय परिचयपत्र बनाइसकेकाका हकमा विदेशमा भए पनि राजदूतावासमा नगईकनै पासपोर्ट उपलब्ध गराइने छ ।”

Published Date: 23 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास