अब राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन नपर्ने

अब राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन नपर्ने : Icon Khabar

काठमाडौँ, माघ ९ । परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ ।

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफल अनुसार छलफलमा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टबेस राहदानी विभागले प्रयोग गरे सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुने छ ।

परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव सावदले भने, ‘‘यसबाट पासपोर्ट सेवालाई पनि दुरुस्त बनाउन अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट डेलिभरी हुन्छ । राष्ट्रिय परिचयपत्र बनाइसकेकाका हकमा विदेशमा भए पनि राजदूतावासमा नगईकनै पासपोर्ट उपलब्ध गराइने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)