आहा रारा गोल्ड कप आज सुरु हुँदै – थ्री स्टार र आयोजक खेल्ने

आहा रारा गोल्ड कप आज सुरु हुँदै – थ्री स्टार र आयोजक खेल्ने : Icon Khabar

काठमाडाैँ, माघ ९ । सहारा क्लबको आयोजनामा २३ औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ। उद्घाटन खेल आयोजक सहारा क्लब र थ्री स्टार क्लबबीच हुनेछ। प्रतियोगितामा ८ ए डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं सस्करणको फाइनल माघ २० गते हुनेछ ।

पोखरा रंगशाला हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।

प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्तत गर्नेछन् । यसरी सबै पुरस्कार राशी २८ लाख ३२ हजार ५ सय ५५ रुपैयाँको हुनेछ । साथै प्रतियोगितामा सहभागी सबै टोलीको दैनिक भत्ता र आतेजाते यातायात खर्च आयोजक सहाराले व्यहोर्ने बताइएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहँदै आएको छ । पोखरा महानगरपालिका संरक्षक, उप–प्रायोजक पोखरा महानरपालिका वडा.न. ९, लाइभ ब्रोडकाष्टिङ पार्टनर डिस होमको एक्सन स्पोर्टस रहेको बताइएको छ ।

सहाराले प्रि–क्वाटर, र क्वाटरफाइनलका खेलहरुको साधारण तर्फ १ सय भिआईपी तर्फ २ सय तथा सेमिफाइनलमा साधारणतर्फ २ सय र भिआईपी तर्फ ४ सय रुपैयाँ टिकट दर तोकेको छ । त्यस्तै फाइनलमा साधारण तर्फ ३ सय र भिआईपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ ।

२३ वर्ष देखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा–१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल एकेडेमीको चौथो व्याचमा ८ जिल्लाका १४ बालकहरु आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2024
Website | + posts