अब उद्योग विभागबाटै बिजनेस भिसा प्राप्त गर्न सकिने, अध्यागमन विभाग धाउन नपर्ने

अब उद्योग विभागबाटै बिजनेस भिसा प्राप्त गर्न सकिने, अध्यागमन विभाग धाउन नपर्ने : Icon Khabar

काठमाडौँ, माघ ६ । अब बिजनेस भिसाका लागि अध्यागमन विभाग धाउन नपर्ने भएको छ।

अध्यागमन कार्यालयका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार अब विभागले उद्योग विभाग अन्तर्गतको एकल विन्दु सेवा केन्द्रबाटै सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै भिसा जारी हुने व्यवस्था गरिएको महानिर्देशक तामाङले जानकारी दिए।

यो सेवा माघ २ गतेदेखि नै सुरू भएको र यसले विभागमा इन्ट्री गरेपछि अध्यागमन गएर स्वीकृत गरी फेरि विभागमै जानुपर्ने अवस्थाको अन्त्य भएको छ। अब डकुमेन्ट भेरिफाइ गर्नुपरेको खण्डमा मात्र अध्यागमन कार्यालय जानुपर्ने महानिर्देशक तामाङले जानकारी दिए।

विभागले चाँडै अनलाइन भुक्तानीको सुविधा पनि ल्याउन लागेको छ। त्यसका लागि मोबाइल एप्स बनाउने काम पनि अन्तिम चरणमा रहेको महानिर्देशक तामाङले बताए।

अनलाइन भुक्तानीको प्रयोग सफल रहेमा नेपालमा पनि इ-भिसा सुरू गरिने उनले बताए।

यसले नेपाल घुम्न आउने विदेशीहरूलाई धेरै सहज हुनेछ। यसबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि गर्न पनि सघाउन पुग्ने महानिर्देशक तामाङले बताए।

Published Date: 20 January 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ