तीन संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

तीन संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल : Icon Khabar

काठमाडौँ, माघ ३ । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा आज (बुधबार) त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने भएको छ ।

छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बोलाइएको छ । बैठक बिहान साढे ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बुधबार सडक सुरक्षाको विषयमा छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भएका काम कारवाहीबारे छलफल हुनेछ ।

विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल गरिरहेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको बैठक दिउँसो सवा १२ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन