सुन र चाँदीको मूल्यमा भारी गिरावट

सुन र चाँदीको मूल्यमा भारी गिरावट : Icon Khabar

काठमाडौँ, माघ ३ । बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजाे छापावाला सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदी १५ रुपैयाँले घटेर एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

Published Date: 17 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु