सुन र चाँदीको मूल्यमा भारी गिरावट

सुन र चाँदीको मूल्यमा भारी गिरावट : Icon Khabar

काठमाडौँ, माघ ३ । बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजाे छापावाला सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदी १५ रुपैयाँले घटेर एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts