तिलको लड्डू खानुका फाइदाहरु

तिलको लड्डू खानुका फाइदाहरु : Icon Khabar

काठमाडौं, माघ १ । तिलको लड्डूका धेरै स्वास्थ्य फाइदाहरु छन्। जाडोयाम भरी यसको सेवन धेरैले गर्छन्। जाडोयाममा तिलको लड्डू सेवन गर्नु स्वास्थ्यका लागि सबै भन्दा राम्रो मानिन्छ । तिलको लड्डू स्वादका साथै अत्यधिक पोष्टिक पनि हुन्छ । तिलको दानामा विभिन्न पोषक तत्व समावेश हुन्छन् ।

क्याल्शियम, आइरन, म्याग्यनेशियम र फस्फोरसले परिपूर्ण तिलले हड्डि बलियो बनाउन सहयोग पुर्याउँछ । तिल स्वास्थ्यका लागि अति फाइदाजनक मानिन्छ, किनभने तिलमा जींक, आइरन, भिटामिन बी ६, भिटामिन ई र सेलेनियम जस्ता पोषक तत्व पाइन्छ ।

तिलको लड्डू खानुको फाइदाहरु

दिमाग विकासका लागि
तिलमा समावेश आवश्यक फ्याटी एसिडबाट बालबालिकामा राम्रो एकाग्रता हुनुका साथै दिमागको विकासलाई बढाउँछ ।

शक्ति बढाउँछ
तिलको लड्डू सेवनले बालबालिकामा शक्ति बढ्छ । तिलको दानाबाट प्राकृतिक रुपले शक्ति प्राप्त हुन्छ, जसले बालबालिकालाई सक्रिय र खेलमा व्यस्त बनाउँछ ।

बलियो हड्डी
तिलको लड्डू सेवनले हरेक उमेरका व्यक्तिको हड्डी बलियो र स्वास्थ्य राख्न सहयोग पुर्याउँछ । तिलमा प्रर्याप्त मात्रामा क्याल्शियम र फस्फोरस पाइन्छ जसले हड्डी बलियो बनाउँछ ।

पाचन प्रणालीका लागि
तिलमा पर्याप्त मात्रामा फाइबर समावेश हुन्छ । तिलको लड्डू खानाले पाचन प्रणाली स्वस्थ रहनुको साथै कब्जियत पनि हटाउन सहयोग पुर्याउँछ ।

जाडोयाममा किन खाने कालो तिल ?

– कालो तिल स्वादले भरिपूर्ण हुनुको साथै पौष्टिक तत्वको पनि समृद्ध स्रोत हो । जाडोयाममा कालो तीलको सेवनले विशेष लाभ प्राप्त हुन्छ ।

– कालो तीलमा स्वस्थकर बोसो, फाइबर, प्रोटीन, भिटामिन बी कम्प्लेक्स भिटामिन ई र विभिन्न प्रकारको खनिज पदार्थ हुन्छन् ।

– तिलको विशेषता तातो हुने भएकाले यसको सेवनले चिसोबाट बचाउन सहयोग पुर्याउँछ ।

– कालो तिलको सेवनले रक्तचाप-कोलेस्ट्रोलको स्तरलाई कम गरेर मुटु रोगबाट बचाउन सहयोग पुर्याउँछ ।

– कालो तिल फाइबरले भरिपूर्ण हुन्छ, जसले पाचनमा लाभ प्राप्त हुन्छ र कब्जियतको जोखिम कम हुन्छ ।

– तिलमा म्याग्नेशियम, आइरन र जिंक जस्ता पोषक तत्व हुन्छ, जसले राम्रो स्मरणशक्ति र समग्र मस्तिष्क स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

– तिल क्याल्शियमयुक्त हुन्छ जसले हड्डि तथा दाँतलाई बलियो बनाएर स्वास्थ्य बनाइराख्नका लागि महत्वपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2024
Website | + posts