तिलको लड्डू खानुका फाइदाहरु

तिलको लड्डू खानुका फाइदाहरु : Icon Khabar

काठमाडौं, माघ १ । तिलको लड्डूका धेरै स्वास्थ्य फाइदाहरु छन्। जाडोयाम भरी यसको सेवन धेरैले गर्छन्। जाडोयाममा तिलको लड्डू सेवन गर्नु स्वास्थ्यका लागि सबै भन्दा राम्रो मानिन्छ । तिलको लड्डू स्वादका साथै अत्यधिक पोष्टिक पनि हुन्छ । तिलको दानामा विभिन्न पोषक तत्व समावेश हुन्छन् ।

क्याल्शियम, आइरन, म्याग्यनेशियम र फस्फोरसले परिपूर्ण तिलले हड्डि बलियो बनाउन सहयोग पुर्याउँछ । तिल स्वास्थ्यका लागि अति फाइदाजनक मानिन्छ, किनभने तिलमा जींक, आइरन, भिटामिन बी ६, भिटामिन ई र सेलेनियम जस्ता पोषक तत्व पाइन्छ ।

तिलको लड्डू खानुको फाइदाहरु

दिमाग विकासका लागि
तिलमा समावेश आवश्यक फ्याटी एसिडबाट बालबालिकामा राम्रो एकाग्रता हुनुका साथै दिमागको विकासलाई बढाउँछ ।

शक्ति बढाउँछ
तिलको लड्डू सेवनले बालबालिकामा शक्ति बढ्छ । तिलको दानाबाट प्राकृतिक रुपले शक्ति प्राप्त हुन्छ, जसले बालबालिकालाई सक्रिय र खेलमा व्यस्त बनाउँछ ।

बलियो हड्डी
तिलको लड्डू सेवनले हरेक उमेरका व्यक्तिको हड्डी बलियो र स्वास्थ्य राख्न सहयोग पुर्याउँछ । तिलमा प्रर्याप्त मात्रामा क्याल्शियम र फस्फोरस पाइन्छ जसले हड्डी बलियो बनाउँछ ।

पाचन प्रणालीका लागि
तिलमा पर्याप्त मात्रामा फाइबर समावेश हुन्छ । तिलको लड्डू खानाले पाचन प्रणाली स्वस्थ रहनुको साथै कब्जियत पनि हटाउन सहयोग पुर्याउँछ ।

जाडोयाममा किन खाने कालो तिल ?

– कालो तिल स्वादले भरिपूर्ण हुनुको साथै पौष्टिक तत्वको पनि समृद्ध स्रोत हो । जाडोयाममा कालो तीलको सेवनले विशेष लाभ प्राप्त हुन्छ ।

– कालो तीलमा स्वस्थकर बोसो, फाइबर, प्रोटीन, भिटामिन बी कम्प्लेक्स भिटामिन ई र विभिन्न प्रकारको खनिज पदार्थ हुन्छन् ।

– तिलको विशेषता तातो हुने भएकाले यसको सेवनले चिसोबाट बचाउन सहयोग पुर्याउँछ ।

– कालो तिलको सेवनले रक्तचाप-कोलेस्ट्रोलको स्तरलाई कम गरेर मुटु रोगबाट बचाउन सहयोग पुर्याउँछ ।

– कालो तिल फाइबरले भरिपूर्ण हुन्छ, जसले पाचनमा लाभ प्राप्त हुन्छ र कब्जियतको जोखिम कम हुन्छ ।

– तिलमा म्याग्नेशियम, आइरन र जिंक जस्ता पोषक तत्व हुन्छ, जसले राम्रो स्मरणशक्ति र समग्र मस्तिष्क स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

– तिल क्याल्शियमयुक्त हुन्छ जसले हड्डि तथा दाँतलाई बलियो बनाएर स्वास्थ्य बनाइराख्नका लागि महत्वपूर्ण हुन्छ ।

Published Date: 15 January 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी