राष्ट्रपतिद्वारा प्रमुख राजनीतिक दलका नेताहरुलाई लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न आग्रह

राष्ट्रपतिद्वारा प्रमुख राजनीतिक दलका नेताहरुलाई लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न आग्रह : Icon Khabar

काठमाडौं, पुस २८ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका समसामयिक समस्या समाधान गरी लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न एकजुट भएर लाग्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा निमन्त्रणा गरी समस्याका विषयमा ध्यानाकर्षण गराएका हुन् । सङ्घीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालय सुधारका सन्दर्भमा मुलुकलाई प्राथमिकतामा राखिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयन गर्न, सुशासन कायम गर्न र जनतालाई न्याय दिलाउन एक आपसमा मिलेर कानुन बनाउन नेताहरूको ध्यानाकर्षण गराए।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेकाले प्रतिभाशाली प्राध्यापक नियुक्त गरेर विश्वविद्यालय सुधारको अभियान थाल्न पौडेलले नेताहरुको ध्यानाकर्षण गराएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता