राष्ट्रपतिद्वारा प्रमुख राजनीतिक दलका नेताहरुलाई लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न आग्रह

राष्ट्रपतिद्वारा प्रमुख राजनीतिक दलका नेताहरुलाई लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न आग्रह : Icon Khabar

काठमाडौं, पुस २८ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका समसामयिक समस्या समाधान गरी लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न एकजुट भएर लाग्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा निमन्त्रणा गरी समस्याका विषयमा ध्यानाकर्षण गराएका हुन् । सङ्घीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालय सुधारका सन्दर्भमा मुलुकलाई प्राथमिकतामा राखिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयन गर्न, सुशासन कायम गर्न र जनतालाई न्याय दिलाउन एक आपसमा मिलेर कानुन बनाउन नेताहरूको ध्यानाकर्षण गराए।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेकाले प्रतिभाशाली प्राध्यापक नियुक्त गरेर विश्वविद्यालय सुधारको अभियान थाल्न पौडेलले नेताहरुको ध्यानाकर्षण गराएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

Published Date: 13 January 2024
ताजा
दुई गोलले पछि परेको बेल्जियमको शानदार पुनरागमन, सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा
विश्वकप फुटबल २०२६: कप्तान ह्यारी केनको दुई गोलसँगै कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा
अमेरिका अन्तिम १६ मा, बोस्नियामाथि २–० को शानदार जित
देशभर मनसुनको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक