राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन : Icon Khabar

काठमाडौं, पुस २७ । आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज (शुक्रबार) हुँदैछ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ । पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

ती उम्मेदवारहरूले शुक्रबार आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । ती उम्मेदवारहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिनेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।

Published Date: 12 January 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?