आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २७ । आज २०८० पुस २७ गते शुक्रबार, तदनुसार १२ जनवरी २०२४ । आज पौष शुक्ल प्रतिपदा, पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस, सूर्योदय: बिहान ६:५५, सूर्यास्त: साँझ ५:२८ बजे ।

आजको राशिफल

मेष: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । संचित कोषमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

वृष: अप्रत्यासित खर्च बढ्ने छ । मस्तिष्क पीडा हुन सक्छ । उपहार प्राप्तिको सम्भावना छ ।

मिथुन: धर्म कर्ममा रुचि बढ्ने छ । लगानी शुभ रहने छ । अरूको काममा हस्तक्षेप नगर्नु होला ।

कर्कट: बोलीचालीमा हल्का शब्दको प्रयोग नगर्नु होला । जीवन साथीको स्वास्थ्यको चिन्ता रहने छ । परिवारको साथ पाइने छ ।

सिंह: जीवन साथीबाट सहयोग पाइने छ । शेयर मार्केट बाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

कन्या: व्यवसायिक यात्राले लाभ दिनेछ । लाभको मौका आइरहने छ । विवेकको प्रयोग गर्नु होला ।

तुला: कुनै उत्सवमा भाग लिने मौका पाइने छ । यात्रा लाभदायक रहने छ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्ने छन् ।

वृश्चिक: महत्वपूर्ण निर्णय आफैंले लिँदा फाइदा हुनेछ । व्यवसाय औसत चल्ने छ । काममा मन लाग्ने छैन ।

धनु: आँखालाई रोग र चोटबाट बचाउनु होला । चिन्ता तथा तनाव रहने छ । फजुल खर्च बढ्ने छ ।

मकर: कुनै पनि निर्णय लिन नहतारिनु होला । व्यवसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुन सक्छ ।

कुम्भ: विरोधी सक्रिय रहने छन् । कुनै पुरानो रोग बल्झिने छ । लगानी शुभ रहने छ ।

मीन: परिवारसँग मनोरञ्जन गर्ने समय पाइने छ । लगानी शुभ रहने छ । अविवाहितले विवाहको प्रस्ताव पाउने छन् ।

Published Date: 12 January 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न