आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २७ । आज २०८० पुस २७ गते शुक्रबार, तदनुसार १२ जनवरी २०२४ । आज पौष शुक्ल प्रतिपदा, पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस, सूर्योदय: बिहान ६:५५, सूर्यास्त: साँझ ५:२८ बजे ।

आजको राशिफल

मेष: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । संचित कोषमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

वृष: अप्रत्यासित खर्च बढ्ने छ । मस्तिष्क पीडा हुन सक्छ । उपहार प्राप्तिको सम्भावना छ ।

मिथुन: धर्म कर्ममा रुचि बढ्ने छ । लगानी शुभ रहने छ । अरूको काममा हस्तक्षेप नगर्नु होला ।

कर्कट: बोलीचालीमा हल्का शब्दको प्रयोग नगर्नु होला । जीवन साथीको स्वास्थ्यको चिन्ता रहने छ । परिवारको साथ पाइने छ ।

सिंह: जीवन साथीबाट सहयोग पाइने छ । शेयर मार्केट बाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

कन्या: व्यवसायिक यात्राले लाभ दिनेछ । लाभको मौका आइरहने छ । विवेकको प्रयोग गर्नु होला ।

तुला: कुनै उत्सवमा भाग लिने मौका पाइने छ । यात्रा लाभदायक रहने छ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्ने छन् ।

वृश्चिक: महत्वपूर्ण निर्णय आफैंले लिँदा फाइदा हुनेछ । व्यवसाय औसत चल्ने छ । काममा मन लाग्ने छैन ।

धनु: आँखालाई रोग र चोटबाट बचाउनु होला । चिन्ता तथा तनाव रहने छ । फजुल खर्च बढ्ने छ ।

मकर: कुनै पनि निर्णय लिन नहतारिनु होला । व्यवसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुन सक्छ ।

कुम्भ: विरोधी सक्रिय रहने छन् । कुनै पुरानो रोग बल्झिने छ । लगानी शुभ रहने छ ।

मीन: परिवारसँग मनोरञ्जन गर्ने समय पाइने छ । लगानी शुभ रहने छ । अविवाहितले विवाहको प्रस्ताव पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2024
Website | + posts