एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न : Icon Khabar

काठमाडौं, पुस २६ । एनएमबि बैंकको २८ औं साधारण सभा सम्पन्न भएको छ । विहीबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याण सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभामापूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट  मनोज कुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट  उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन । एमफएओको तर्फबाट  निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित भएका छन ।

बैंकको २०८० आषाढसम्ममा खुदनाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३.०४ अर्ब रुपैयाँ र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Published Date: 11 January 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा