पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षको भन्दा २७.६ प्रतिशतले धेरै

पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षको भन्दा २७.६ प्रतिशतले धेरै : Icon Khabar

काठमाडौं, पुस २६ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्याँक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १७३,५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १०४,०३७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु.६६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2024
Website | + posts