आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २६ । आज २०८० पुस २६ गते बिहीबार, तदनुसार ११ जनवरी २०२४ । आज पौष कृष्ण औंशी (साँझ ५:४८ सम्म), सूर्योदय:६:५५, सूर्यास्त: साँझ ५:२७ बजे ।

आजको राशिफल

मेष: उन्नतिको मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ । ऋण लिएको रकम चुकाउन सक्नु हुनेछ ।

वृष: अदालतमा लाभको स्थिति बन्ने छ । लामो समयदेखि रोकिएको कार्य पूरा हुनेछ । प्रसन्नता रहने छ ।

मिथुन: स्वास्थ्य कमजोर रहने छ । हतार नगर्नु होला । विवादलाई नबढाउनु होला ।

कर्कट: रचनात्मक कार्य सफल हुनेछ । पार्टी अथवा पिकनिकको आयोजना हुन सक्छ । पारिवारिक जीवन सुख शान्तिले बित्ने छ ।

सिंह: बिना कारण दौडधुप बढ्ने छ । स्वास्थ्यमा ध्यान दिनु होला । अरूको कार्यमा हस्तक्षेप नगर्नु होला ।

कन्या: डुबेको रकम प्राप्त हुन सक्छ । यात्रा लाभदायक हुनेछ । व्यापारमा वृद्धिको योग छ ।

तुला: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहवर्द्धक सूचना प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: जीवनसाथीको सहयोग पाइने छ । उपहार प्राप्त हुन सक्छ । यात्रा लाभदायक रहने छ ।

धनु: फजुल खर्च बढ्ने छ । यात्रामा कुनै पनि कुरा नबिर्सनु होला । स्वास्थ्य कमजोर रहने छ ।

मकर: सामाजिक कार्य गर्ने मन बन्ने छ । मेहनतको फल प्राप्त हुनेछ । मान सम्मान पाइने योग छ ।

कुम्भ: कानूनी सहयोग पाइने छ । लाभमा वृद्धि हुनेछ । सत्संगको लाभ प्राप्त हुनेछ ।

मीन: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै ठूलो समस्याको हल एकाएक प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने