मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहलाई भ्रष्टाचार कसुरमा तीन वर्ष जेल सजाय

मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहलाई भ्रष्टाचार कसुरमा तीन वर्ष जेल सजाय : Icon Khabar

काठमाडौं, पुस २५ ।  विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ। बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो।

शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा उनलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ ।

११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत दोषी ठहर गरेको थियो।

अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो। यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए।

पूर्वडीआईजी शाह मदन पुरस्कार विजेता साहित्यकार हुन्।

Published Date: 10 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास