घरमा प्रहरी पुगेपछि दुई तलाबाट हामफालेर भाग्न खोजेका थिए रामबहादुर बमजन

घरमा प्रहरी पुगेपछि दुई तलाबाट हामफालेर भाग्न खोजेका थिए रामबहादुर बमजन : Icon Khabar

काठमाडौँ, पुस २४ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका तपश्वी रामबहादुर बमजन अन्नतः प्रहरीको फन्दामा परेका छन् । तपश्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली उनी बसेको घरमा पुग्दा उनी भाग्न खोजे पनि प्रहरीले उनलाई समात्न सफल भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो । बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना आफूहरुलाई प्राप्त भएको सीआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यले जानकारी दिएकी छन् । उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य पत्ता लगायो । त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुग्यो ।

प्रहरीको टोली जब उनी बसेको घरमा पुग्यो बमजनले आफूलाई पक्राउ गर्न आएको सुइको पाइहाले । उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए । उनकी श्रीमतीलगायतले पनि प्रहरीलाई रोक्न कोशिस गरे । बमजन घरको दोस्रो तलामाथि थिए । प्रहरी आएको मेसो पाएपछि बमजनले बरण्डाबाट हामफालेको सीआइबी स्रोतले जानकारी दिएको छ । उनी भाग्न लागेपछि प्रहरीले उनलाई बाहिरै पक्राउ गरेको स्रोतले बताएको छ ।

लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो। बमजन पक्राउ परेको पुष्टि सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले गरे । बमजन काठमाडौं आसपासमै रहेको सूचनापछि सीआईबीको टोली १८ दिनदेखि उनको पछि लागेको थियो ।

भाग्न सक्ने सम्भावना बलियो भएपछि प्रहरीले निरन्तर निगरानी गरेर मंगलबार साँझ पक्राउ गर्न सफल भएको हो ।बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप छ । भाग्ने तयारी अवस्थामा रहेका उनी हात्तीगौंडास्थित घरमा विगत ८ दिनदेखि बाहिर कतै ननिस्की बसेका थिए । ’उनी विगत ८ दिनदेखि आफ्नो घरबाट बाहिर निस्किएका थिएनन्’, एआईजी बज्राचार्यले भनिन्, ’मंगलबार पक्राउ गर्ने समयमा पनि उनी भाग्न तयम्तयार अवस्थामा देखिएका थिए ।’

उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए । आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो । तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको आरोप छ । उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकी थिइन् । सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ । उनीमाथि आश्रममा बस्ने युवती र युवकहरू बेपत्ता पारेको भन्दै उजुरी परेका थिए । तर उनी लामो समयदेखि फरार थिए । प्रहरीको टोली पटक पटक उनको आश्रममा पुगेको थियो छ । तर प्रहरीले उनलाई पत्ता लगाउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू