तपश्वी रामबहादुर बमजन पक्राउ

तपश्वी रामबहादुर बमजन पक्राउ : Icon Khabar

काठमाडौँ, पुस २४ । तपश्वी रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

आफ्ना अनुयायीहरूमाथि बलात्कार र हिंसा गरेको आरोप लागेका बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले बाराको निजगढ नगरपालिका–१२ रतनपुरीस्थित उनको पुर्खौली घरमा २६ कात्तिक २०७७ मा प्रहरीले सूचना टाँस गरेको थियो । त्यो बेला वडाध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा उनको स्थायी ठेगाना भएको घरमा सूचना टाँस गरिएको प्रहरीले जनाएको थियो ।

एक आनीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध मुद्दा विचाराधीन छ । सोही मुद्दाको आधारमा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । रौतहटकी ती आनीले आश्रममा बस्दा बमजनले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । बलात्कारसहित बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ ।

पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा थिए । सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई प्रहरीले फेला पार्न सकेको थिएन । बमजनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए । करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा तपश्या गर्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु