प्यूठानमा नेपाल–भारत मैत्री बस सेवा शुरु

प्यूठानमा नेपाल–भारत मैत्री बस सेवा शुरु : Icon Khabar

स्वर्गद्वारी, पुस २४ । प्यूठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म नेपाल–भारत मैत्री बस सेवा शुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री सरोज थापाले सोमबार यहाँ आयोजित एक कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री थापाले सरकारले यातायात क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।

मन्त्री थापाले भने, ‘नागरिकले गुनासो नहोस् भनेर बस सञ्चालकले सेवा प्रवाहमा ध्यान दिनुपर्छ । उनले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्यूठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts