प्यूठानमा नेपाल–भारत मैत्री बस सेवा शुरु

प्यूठानमा नेपाल–भारत मैत्री बस सेवा शुरु : Icon Khabar

स्वर्गद्वारी, पुस २४ । प्यूठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म नेपाल–भारत मैत्री बस सेवा शुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री सरोज थापाले सोमबार यहाँ आयोजित एक कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री थापाले सरकारले यातायात क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए ।

मन्त्री थापाले भने, ‘नागरिकले गुनासो नहोस् भनेर बस सञ्चालकले सेवा प्रवाहमा ध्यान दिनुपर्छ । उनले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्यूठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ ।

Published Date: 09 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास