युनाइटेड एफए कपको चौथो चरणमा

युनाइटेड एफए कपको चौथो चरणमा : Icon Khabar

काठमाडौँ, पुस २४ ।  म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले सोमबार विगन एथ्लेटिकलाई २–० ले हराउँदै गर्दै चौथो चरणको यात्रा तय गरेको हो ।

१२ पटकको एफए‌‌ कप‌ विजेता युनाइटेडलाई जित दिलाउन डियोगो डालोट र कप्तान ब्रुनो फर्नान्डेजले गोल गरे ।

डालोटले २२ औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए। दोस्रो हाफमा घरेलु टोली विगन ले‌ बराबरीको‌ राम्रो मौका चुकाएको थियो। मार्सल गोडोले सिक्स यार्डबाट गोल गर्न सकेनन् ।

७४ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै अन्तर बढाएका थिए। फर्नान्डेजलाई लिआम साले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टीको पाएको थियो।

Published Date: 09 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास