युनाइटेड एफए कपको चौथो चरणमा

युनाइटेड एफए कपको चौथो चरणमा : Icon Khabar

काठमाडौँ, पुस २४ ।  म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले सोमबार विगन एथ्लेटिकलाई २–० ले हराउँदै गर्दै चौथो चरणको यात्रा तय गरेको हो ।

१२ पटकको एफए‌‌ कप‌ विजेता युनाइटेडलाई जित दिलाउन डियोगो डालोट र कप्तान ब्रुनो फर्नान्डेजले गोल गरे ।

डालोटले २२ औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए। दोस्रो हाफमा घरेलु टोली विगन ले‌ बराबरीको‌ राम्रो मौका चुकाएको थियो। मार्सल गोडोले सिक्स यार्डबाट गोल गर्न सकेनन् ।

७४ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै अन्तर बढाएका थिए। फर्नान्डेजलाई लिआम साले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टीको पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन