सभामुख घिमिरेले बोलाएको सर्वदलीय बैठक संसद् भवनमा जारी

सभामुख घिमिरेले बोलाएको सर्वदलीय बैठक संसद् भवनमा जारी : Icon Khabar

काठमाडौं, माघ ७। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी रहेको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक संसद् भवनको शङ्कर हलमा जारी रहेको प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिए। सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलो पटक बैठक बोलाएको हो।

बैठकमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।

आज प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएको हो । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएको थियो।

Published Date: 21 January 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग