भक्तपुर , मंसिर ७ । विद्यार्थीको जीवन उपयोगी सीप र अनुभवात्मक सिकाइलाई बढावा दिने उद्देश्यसहित वी किड्स स्कुलले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको एकदिने आवासीय ओभरनाइट स्टे कार्यक्रम सम्पन्न भएको छ। कार्तिक ४ र ५ गते चलेको कार्यक्रममा कक्षा १ देखि ४ सम्मका ४५ विद्यार्थीले सहभागिता जनाए ।
स्कुलका अनुसार, कार्यक्रममा बालबालिकामा आत्मनिर्भरता, अनुशासन, सामाजिक व्यवहार र समूहमा बस्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको थियो। विद्यार्थीले बनेपाको चण्डेश्वरी मन्दिर, गोसाइँकुण्ड र आसपासका क्षेत्रको भ्रमण गर्दै ती स्थानहरूको इतिहास, धर्म र संस्कृति सम्बन्धी जानकारी पनि पाए।
आवासीय बसाइको क्रममा विद्यार्थीले नेतृत्व विकास, समूह खेल, स्व–व्यवस्थापन अभ्यास र विभिन्न शैक्षिक गतिविधिमा भाग लिए। स्कुलले यसलाई सुरक्षित वातावरणमा प्रदान गरिने अनुभवात्मक सिकाइको महत्त्वपूर्ण हिस्सा भएको बताएको छ।
प्रिन्सिपलका अनुसार घर तथा कक्षाकोठा बाहिरको वातावरणमा बस्नुले बालबालिकामा आत्मविश्वास र जिम्मेवारीबोध बढ्न मद्दत गर्छ। भविष्यमा सामाजिक जीवनमा सहज हुन यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ छ।
स्कुलले कार्यक्रमपछि विद्यार्थीमा समय व्यवस्थापन, सहकार्य क्षमता र आत्मविश्वासमा सकारात्मक परिवर्तन देखिएको जनाएको छ।
Published Date: 23 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news