नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द

नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द : Icon Khabar

काठमाडौँ, मंसिर ६ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरूङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीन बीचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ।

बाढीमा धेरैले ज्यान गुमाए भने ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नु पर्‍यो।

बाढीका कारण नेपाल तर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन्।

नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू बाढीपछि चीनतर्फ नै अड्किएका कारण पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूले आर्थिक संकट झेलिरहनुपरेको छ।

यसरी नाका क्षेत्र महिनौंदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन।

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य रहेको थियो।

बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्‍याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्बभन्दा बढी राजस्व गुम्न पुगेको छ।

काठमाडौंबाट करिब १३२ किमीको दुरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौं ठूलो भन्सार कार्यालयको रूपमा रहेको थियो।

उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुँदै गएको यो नाका ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ।

Published Date: 23 November 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने