सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो

सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो : Icon Khabar

भक्तपुर, मंसिर ७ । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले अनुकूल मौसमको समुचित उपयोग गर्दै देशभरका सडक निर्माण तथा विस्तारका कामलाई द्रुत गतिमा अघि बढाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग गरिएको विशेष छलफलमा मन्त्री घिसिङले “अहिलेको मौसम निर्माणका लागि सबैभन्दा उपयुक्त भएकोले कुनै पनि प्रकारको ढिलाइ अस्वीकार्य रहने” स्पष्ट सन्देश दिएका हुन्।

मन्त्री घिसिङले आयोजनातर्फबाट निर्णय हुन बाँकी थिएर रोकिएका कामहरू तत्काल टुंग्याउन, आवश्यक जनशक्ति तथा उपकरण थपेर निर्माणको गति बढाउन तथा आगामी असारभित्र लक्ष्य पूरा हुने गरी कार्यप्रगति अगाडि बढाउन निर्देशन दिएको बताए। उनका अनुसार अर्थ मन्त्रालयले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेकोले बजेट अभावले परियोजना प्रभावित नहुने स्पष्ट भएको छ।

यसबीच, सडक सीमा विवाद, घरटहरा हटाउने जटिलता, तथा विभिन्न स्थानमा देखिएको बजेट अभावजस्ता चुनौतिका कारण देशभरका कतिपय सडक आयोजनामा गति प्रभावित हुँदै आएका छन्। यिनै चुनौतीबीच मन्त्री घिसिङले स्वयं स्थलअनुगमनलाई समेत तीव्रता दिँदै आएका छन्।

सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार : ५०% प्रगति

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने काम दुई फरक प्याकेजमार्फत अगाडि बढिरहेको छ।

सूर्यविनायक–साँगा (८.३ किमी): ४५% प्रगति

साँगा–धुलिखेल (७.५ किमी): ५५% प्रगति

दुवै प्याकेजको काम हाल द्रुतगतिमा भइरहेको भन्दै मन्त्री घिसिङले स्थलअनुगमनमार्फत ठेकदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न थप दबाब दिएका छन्। आयोजनाका इन्जिनियरका अनुसार मौसम अनुकूल रहेसम्म कामलाई अझै तीव्र बनाइनेछ।

मन्त्रालयको सक्रियता र अनुगमनका कारण लामो समयदेखि ढिलाइ हुँदै आएका ठूला सडक आयोजनाहरूले गति लिन थालेको बताइन्छ। मन्त्रालयले आगामी वर्षभित्र प्रमुख सडकहरू स्तरोन्नति तथा विस्तारमा उल्लेखनीय प्रगति हुने अपेक्षा जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 November 2025
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो