जाजरकोट भुकम्प: भूकम्पपीडितका लागि अस्थायी घर निर्माणको काम हुँदै

जाजरकोट भुकम्प: भूकम्पपीडितका लागि अस्थायी घर निर्माणको काम हुँदै : Icon Khabar

रिवेनी (रुकुम पश्चिम), पुस २२ । रुकुमपश्चिममा भूकम्पपीडितका लागि अस्थायी घर निर्माणको काम भइरहेको छ ।

२०२३ नोभेम्बर ३ मा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर जाजरकोट र रुकुमपश्चिम जिल्लामा गएको भूकम्पले हजारौं घर ध्वस्त बनाएको थियो ।

भूकम्प गएको दुई महिना बितिसक्दा पनि अधिकांश भूकम्पपीडित अझै पनि तारपालीमुनि बाँचिरहेका छन् । जिल्लामा दुई महिनामा १० हजार ४२३ अस्थायी घर बने पनि त्यस्ता सुविधा पाउनेको सङ्ख्या ठूलो रहेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले बताए ।

उनले जिल्लामा सात हजार ८७ घर निर्माणाधीन रहेको जानकारी दिए । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी झोपडी बनेका छन् भने मुसिकोट नगरपालिकामा २४ वटा मात्रै झोपडी छन् ।

आठबिसकोट नगरपालिकामा ३ हजार १४, चौरजहारी नगरपालिकामा २ हजार २ सय ८९, त्रिवेणी गाउँपालिकामा ९ सय ३८ र बाफिकोट गाउँपालिकामा १ सय १७ वटा अस्थायी झुपडी निर्माण भएको बडुवालले बताए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट हालसम्म २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय दैवी प्रकोप उद्धार कोषमा जम्मा रु ५९ करोड २० लाख पठाइएको छ ।

त्यस्तै, प्रहरीले जिल्लाभर २७ हजार ६८२ लाभग्राहीको विवरण सङ्कलन गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विवरण सङ्कलन गर्ने कार्य जारी रहेकाले लाभग्राहीको सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ ।

Published Date: 07 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास