जाजरकोट भुकम्प: भूकम्पपीडितका लागि अस्थायी घर निर्माणको काम हुँदै

जाजरकोट भुकम्प: भूकम्पपीडितका लागि अस्थायी घर निर्माणको काम हुँदै : Icon Khabar

रिवेनी (रुकुम पश्चिम), पुस २२ । रुकुमपश्चिममा भूकम्पपीडितका लागि अस्थायी घर निर्माणको काम भइरहेको छ ।

२०२३ नोभेम्बर ३ मा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर जाजरकोट र रुकुमपश्चिम जिल्लामा गएको भूकम्पले हजारौं घर ध्वस्त बनाएको थियो ।

भूकम्प गएको दुई महिना बितिसक्दा पनि अधिकांश भूकम्पपीडित अझै पनि तारपालीमुनि बाँचिरहेका छन् । जिल्लामा दुई महिनामा १० हजार ४२३ अस्थायी घर बने पनि त्यस्ता सुविधा पाउनेको सङ्ख्या ठूलो रहेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले बताए ।

उनले जिल्लामा सात हजार ८७ घर निर्माणाधीन रहेको जानकारी दिए । हालसम्म सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी झोपडी बनेका छन् भने मुसिकोट नगरपालिकामा २४ वटा मात्रै झोपडी छन् ।

आठबिसकोट नगरपालिकामा ३ हजार १४, चौरजहारी नगरपालिकामा २ हजार २ सय ८९, त्रिवेणी गाउँपालिकामा ९ सय ३८ र बाफिकोट गाउँपालिकामा १ सय १७ वटा अस्थायी झुपडी निर्माण भएको बडुवालले बताए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट हालसम्म २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय दैवी प्रकोप उद्धार कोषमा जम्मा रु ५९ करोड २० लाख पठाइएको छ ।

त्यस्तै, प्रहरीले जिल्लाभर २७ हजार ६८२ लाभग्राहीको विवरण सङ्कलन गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विवरण सङ्कलन गर्ने कार्य जारी रहेकाले लाभग्राहीको सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू