आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर ७ । मंसिर ७ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात गत शुक्रबारको बजारमा प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 23 November 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न