रियल म्याड्रिडले ला लिगामा राख्यो जितको यात्रा जारी

रियल म्याड्रिडले ला लिगामा राख्यो जितको यात्रा जारी : Icon Khabar

काठमाडौँ, पुस १९ । स्पेनिस पावर हाउस रियल म्याड्रिडले ला लिगामा जितको यात्रा जारी राखेको छ । शीर्ष स्थानमा रहेको रियलले घरेलु मैदानमा बुधबार राति भएको खेलमा मालोर्कालाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा रियललाई जिताउन एन्टोनिओ रुडिगरले निर्णायक गोल गर्नुभयो । उहाँले ७८औँ मिनेटमा गोल गर्दै रियललाई महत्वपूर्ण तीनज अङ्क दिलाउनुभयो । जितसँगै शीर्ष स्थानमा रहेको रियलले १९ खेलबाट ४८ अङ्क बनाएको छ । पराजित मालोर्का १८ अङ्कसहित १४औँ स्थानमा छ ।

दोस्रो स्थानमा रहेको जिरोनाको पनि ४८ अङ्क छ । बुधबार राति नै भएको खेलमा जिरोनाले एटलेटिको म्याड्रिडलाई ४–३ गोलले हराएको थियो । अर्को खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले स्तब्ध बनायो । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता