रियल म्याड्रिडले ला लिगामा राख्यो जितको यात्रा जारी

रियल म्याड्रिडले ला लिगामा राख्यो जितको यात्रा जारी : Icon Khabar

काठमाडौँ, पुस १९ । स्पेनिस पावर हाउस रियल म्याड्रिडले ला लिगामा जितको यात्रा जारी राखेको छ । शीर्ष स्थानमा रहेको रियलले घरेलु मैदानमा बुधबार राति भएको खेलमा मालोर्कालाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा रियललाई जिताउन एन्टोनिओ रुडिगरले निर्णायक गोल गर्नुभयो । उहाँले ७८औँ मिनेटमा गोल गर्दै रियललाई महत्वपूर्ण तीनज अङ्क दिलाउनुभयो । जितसँगै शीर्ष स्थानमा रहेको रियलले १९ खेलबाट ४८ अङ्क बनाएको छ । पराजित मालोर्का १८ अङ्कसहित १४औँ स्थानमा छ ।

दोस्रो स्थानमा रहेको जिरोनाको पनि ४८ अङ्क छ । बुधबार राति नै भएको खेलमा जिरोनाले एटलेटिको म्याड्रिडलाई ४–३ गोलले हराएको थियो । अर्को खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले स्तब्ध बनायो । – एजेन्सी

Published Date: 04 January 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय