बालकुमारी घटनामा चार बुँदे सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने

बालकुमारी घटनामा चार बुँदे सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने : Icon Khabar

काठमाडौं, पुस १६ । ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रबार प्रहरीसँगको झडपमा ज्यान गुमाएका दुई जना युवाका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवार र सरकारबीच चार बुँदे सहमति भएको हो । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १÷१ जनालाई उपयुक्त रोजगारी यथाशिघ्र उपलब्ध गराउने भएको छ ।

त्यस्तै सरकारले घोषणा गरेको जनही १०/१० लाख रुपैयाँ राहत पनि यथाशिघ्र उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ । सहमतिअनुसार मृतक वीरेन्द्र र सुजनलाई शहीद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने भएको छ ।

सहमतिपछि मृतकका परिवारले सोमबार नै शव बुझिलिने भएका छन् । मृतकहरूको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था गृह मन्त्रालयले गरिदिने भएको छ । यस्तै दुई युवाको ज्यान गएको घटना छानबिनका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । सरकारले यसअघि नै मृतकका परिवारका सदस्यलाई प्रतिपरिवार १० रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

यस्तो छ सहमति
१. मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने ।

२. सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने ।

३. मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने ।

४. मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।

Published Date: 01 January 2024
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय