समयमै सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई सहकारी विभागले माग्यो स्पष्टिकरण

समयमै सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई सहकारी विभागले माग्यो स्पष्टिकरण : Icon Khabar

काठमाडौं, पुस १३ । सहकारी विभागले स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई स्पष्टिकरण सोधेको छ ।

विभागले कात्र्तिक २५ गते निर्देशन जारी गर्दै २०८० साल मंसिर मसान्तभित्र स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न भनेको थियो । तर, कतिपय सहकारी संस्थाहरुबाट प्राप्त हुन नआएको भन्दै विभागले पुन सूचना जारी गरेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्रै उक्त विवरणहरु पेश नगर्ने सहकारी संस्थाहरुले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरण सहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र उल्लेखित सम्पूर्ण विवरणहरु पेश गर्नुहुन सूचित गरिन्छ ।’

पेश नगर्ने सहकारीलाई कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2023
Website | + posts