समयमै सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई सहकारी विभागले माग्यो स्पष्टिकरण

समयमै सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई सहकारी विभागले माग्यो स्पष्टिकरण : Icon Khabar

काठमाडौं, पुस १३ । सहकारी विभागले स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश नगर्ने सहकारीलाई स्पष्टिकरण सोधेको छ ।

विभागले कात्र्तिक २५ गते निर्देशन जारी गर्दै २०८० साल मंसिर मसान्तभित्र स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न भनेको थियो । तर, कतिपय सहकारी संस्थाहरुबाट प्राप्त हुन नआएको भन्दै विभागले पुन सूचना जारी गरेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्रै उक्त विवरणहरु पेश नगर्ने सहकारी संस्थाहरुले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरण सहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र उल्लेखित सम्पूर्ण विवरणहरु पेश गर्नुहुन सूचित गरिन्छ ।’

पेश नगर्ने सहकारीलाई कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने समेत विभागले जनाएको छ ।

Published Date: 29 December 2023
ताजा
काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको मेलम्ची खानेपानी आजदेखि बन्द
बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि मोबाइल रिङटोनमार्फत सन्देश प्रवाह सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढ्यो
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी