हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदन स्वीकृत भएका सबैले पाए सेयर

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदन स्वीकृत भएका सबैले पाए सेयर : Icon Khabar

काठमाडौँ, पुस ११ । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

१० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन् । ४० वा सोभन्दा बढी माग गरेहरुमध्ये २९ हजार २१ जनाले ४० कित्ताका दरले पाएका छन् भने बाँकीले ३० कित्ताका दरले पाएका छन् ।

आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएकोमा ८ हजार ६५५ वटा आवेदन रद्द भएको थियो । १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृति भएको थियो । आवेदन स्वीकृत भएका यी सबैले सेयर पाएका हुन् ।

कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । यसको नतिजा केही बेरपछि मेरो सेयरको आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ ।

Published Date: 27 December 2023


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड