बुधबार पनि सुनको भाउ बढ्यो, प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ कायम

बुधबार पनि सुनको भाउ बढ्यो, प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, पुस ११ । नेपाली बजारमा सुनको भाउ पुनः उच्च रेकर्ड नजिक पुग्न थालेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख २० हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंसिर १८ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 27 December 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने