कस्तो पर्व हो आज मनाइरहेको मतिना पारू ?

कस्तो पर्व हो आज मनाइरहेको मतिना पारू ? : Icon Khabar
तस्बिर: रसना बज्राचार्य

काठमाडौँ, पुस ११ । आज मतिना परू । मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ ।

जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झी हाल्छौ । हामीमा बिदेशी प्रभाव यति भैसक्यो कि उस्तै परम्पराको हाम्रो संस्कृती भुल्दै गएका छौ भने बिदेशी पर्व अंगाल्दै गइरहेका छौं।

“भ्यालेन्टाइन डे” मात्र होइन “अप्रिल फुल”, “ह्यापी न्यू यर” जस्ता धेरै यस्ता पर्वहरु हामीले अंगाल्दैछौ । जुन पर्व हाम्रो नेवा संस्कृतीमा पहिले नै विद्यमान थियो । मतिना भन्नाले माया वा प्रेम हो भने पारु भन्नाले एक तिथि हो । यसरी मतिना पारु भन्नाले माया प्रेम गर्नेहरुको दिन वा दिवस भन्ने बुझिन्छ ।

नेपाल मण्डलमा योमरी पुर्णिमाको भोलीको दिन थिंल्लागा पारु (प्रतिपदा) को दिनलाई मतिना पारु भनिन्छ । योमरी पुर्णिमाको दिन “योमरी फोवनेगु” भन्ने प्रचलन नेवार समुदायमा रहि आएको छ ।

यसै दिन योमरी माग्न जाने भनेर भोलिको भेटको संदेश दिन प्रेमिकाको घरमा जाने गरिन्थ्यो । भोलिको दिन आफ्नो मायालु/जीवन साथीलाई फूल दिइ अबिर लगाई माया दर्शाउने गर्दथ्यो । तर आजकल यो पर्व करिब करिब लोप नै भैसकेको छ । यसको ठाउँमा फेब्रुअरी १४ को दिनमा माया सातासात गर्ने प्रचलन बढ्न थालेको छ ।

लेखक: गणेश रंजित

Published Date: 27 December 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय