रातो आलू खान मनपर्छ ? यस्ता छन् फाइदाहरु

रातो आलू खान मनपर्छ ? यस्ता छन् फाइदाहरु : Icon Khabar

काठमाडौं, पुस ८ । आलू विश्वभरी नै सर्वाधिक खाइने खाद्य पदार्थ मध्येको एक हो । आलूमा क्यालोरी अत्यधिक हुन्छ, तर पनि आलू धेरै पौष्टिक हुन्छ ।

आलूमा फ्याटको मात्रा कम हुन्छ भने यो भिटामीन सीको राम्रो स्रोत हो । आलूमा अत्याधिक पोटाशियम हुन्छ तर आलूमा सोडियम र कोलेस्ट्रल नहुनु राम्रो कुरा हो ।

यदि तपाईँ आलूको बढी भन्दा बढी फाइदा लिन चाहनु हुन्छ भने अन्य आलूभन्दा रातो आलू खानु उपयुक्त हुन्छ । रातो आलूले छालाको रंग सुन्दर बनाउँछ । रातो आलूमा विभिन्न पोषक तत्व पनि हुन्छ । रातो आलू कार्बोहाइड्रेट, प्रोटीन, फाइबर, भिटामिन सी, पोटाशियम, आइरन तथा म्याग्नेशियमको राम्रो स्रोत हो ।

पाचन राम्रो

उर्जाको स्रोत रातो आलूमा ३४ ग्राम कार्बोहाइड्रेट हुन्छ । ३४ ग्राम कार्बोहाइड्रेट मध्ये तीन ग्राम फाइबर हुन्छ । आफूमा भएको फाइबरका कारण लामो समयसम्म भोक लाग्दैन । यसो हुँदा पाचनमा पनि सहयोग पुग्छ । कब्जियत र पखालाबाट बचाउँछ । त्यस्तै कोलेस्ट्रल र ब्लड शुगर कम गर्छ ।

ब्लड प्रेशर नियन्त्रण

रातो आलू पोटाशियमको राम्रो स्रोत भएकाले ब्लड प्रेशर नियन्त्रण गर्नका लागि रातो आलूको सेवन अत्यधिक फाइदाजनक मानिन्छ । यदि तपाईँ पनि ब्लड प्रेशरका रोगी हुनु हुन्छ भने रातो आलू आफ्नो खानामा समावेश गर्न सक्नु हुन्छ ।

तनाव कम

रातो आलूमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो भिटामिनले मानसिक स्थिति ठीक राख्न सहयोग पुर्याउँछ । यदि तपाईँ पनि तनाव, डिप्रेसनमा रहनु हुन्छ भने आफ्ना भोजनमा रातो आलू समावेश गर्न आवश्यक छ ।

प्रतिरोधक क्षमता बलियो

रातो आलू भिटामिन सीको राम्रो स्रोत मानिन्छ । भिटामिन सीले शरीरको प्रतिरोधक क्ष्ँमता बलियो हुन्छ । रातो आलू खानाले प्रतिरोधक क्षमता बलियो हुन्छ र रुघा-खोकि ज्वरोजस्ता समस्याबाट शरीरलाई टाढा राख्न सहयोग पुर्याउँछ ।

उर्जावान

रातो आलू कार्बोहाइड्रेटको राम्रो स्रोत मानिन्छ । कार्बोहाइड्रेटले भरिपूर्ण कुरा खानाले शरीरमा शक्ति उत्पन्न हुन्छ । विहानको समयमा रातो आलू खानाले दिनभरी शरीर उर्जावान रहन्छ ।

Published Date: 24 December 2023


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क