रातो आलू खान मनपर्छ ? यस्ता छन् फाइदाहरु

रातो आलू खान मनपर्छ ? यस्ता छन् फाइदाहरु : Icon Khabar

काठमाडौं, पुस ८ । आलू विश्वभरी नै सर्वाधिक खाइने खाद्य पदार्थ मध्येको एक हो । आलूमा क्यालोरी अत्यधिक हुन्छ, तर पनि आलू धेरै पौष्टिक हुन्छ ।

आलूमा फ्याटको मात्रा कम हुन्छ भने यो भिटामीन सीको राम्रो स्रोत हो । आलूमा अत्याधिक पोटाशियम हुन्छ तर आलूमा सोडियम र कोलेस्ट्रल नहुनु राम्रो कुरा हो ।

यदि तपाईँ आलूको बढी भन्दा बढी फाइदा लिन चाहनु हुन्छ भने अन्य आलूभन्दा रातो आलू खानु उपयुक्त हुन्छ । रातो आलूले छालाको रंग सुन्दर बनाउँछ । रातो आलूमा विभिन्न पोषक तत्व पनि हुन्छ । रातो आलू कार्बोहाइड्रेट, प्रोटीन, फाइबर, भिटामिन सी, पोटाशियम, आइरन तथा म्याग्नेशियमको राम्रो स्रोत हो ।

पाचन राम्रो

उर्जाको स्रोत रातो आलूमा ३४ ग्राम कार्बोहाइड्रेट हुन्छ । ३४ ग्राम कार्बोहाइड्रेट मध्ये तीन ग्राम फाइबर हुन्छ । आफूमा भएको फाइबरका कारण लामो समयसम्म भोक लाग्दैन । यसो हुँदा पाचनमा पनि सहयोग पुग्छ । कब्जियत र पखालाबाट बचाउँछ । त्यस्तै कोलेस्ट्रल र ब्लड शुगर कम गर्छ ।

ब्लड प्रेशर नियन्त्रण

रातो आलू पोटाशियमको राम्रो स्रोत भएकाले ब्लड प्रेशर नियन्त्रण गर्नका लागि रातो आलूको सेवन अत्यधिक फाइदाजनक मानिन्छ । यदि तपाईँ पनि ब्लड प्रेशरका रोगी हुनु हुन्छ भने रातो आलू आफ्नो खानामा समावेश गर्न सक्नु हुन्छ ।

तनाव कम

रातो आलूमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो भिटामिनले मानसिक स्थिति ठीक राख्न सहयोग पुर्याउँछ । यदि तपाईँ पनि तनाव, डिप्रेसनमा रहनु हुन्छ भने आफ्ना भोजनमा रातो आलू समावेश गर्न आवश्यक छ ।

प्रतिरोधक क्षमता बलियो

रातो आलू भिटामिन सीको राम्रो स्रोत मानिन्छ । भिटामिन सीले शरीरको प्रतिरोधक क्ष्ँमता बलियो हुन्छ । रातो आलू खानाले प्रतिरोधक क्षमता बलियो हुन्छ र रुघा-खोकि ज्वरोजस्ता समस्याबाट शरीरलाई टाढा राख्न सहयोग पुर्याउँछ ।

उर्जावान

रातो आलू कार्बोहाइड्रेटको राम्रो स्रोत मानिन्छ । कार्बोहाइड्रेटले भरिपूर्ण कुरा खानाले शरीरमा शक्ति उत्पन्न हुन्छ । विहानको समयमा रातो आलू खानाले दिनभरी शरीर उर्जावान रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने