भक्तपुर, पुस ६ । सांस्कृतिक सम्पदा संरक्षणका लागि बनाइएको भक्तपुरको ” सिं कमी छेँ” लाई प्रतिष्ठित सन् २०२३ को युनेस्को एसिया-प्यासिफिक अवार्ड अन्तर्गत दिगो विकासका लागि विशेष मान्यताले सम्मान गरेको छ।
विश्व सम्पदामा सूचिकृत सहर भक्तपुरको मुटुमा अग्लो उभिएको ” सिं कमी छेँ” लचिलोपन र सांस्कृतिक प्रामाणिकताको प्रमाण हो। विसं २०७२ सालको विनाशकारी भूकम्पपछि परम्परागत इँटा र काठ, प्रविधिहरू प्रयोग गरेर, आधुनिक शिल्पकलासँग युगौं पुरानो कलालाई निर्बाध रूपमा प्रयोग गर्दै २०० वर्ष पुरानो घर सिकमी छेंलाई पुनर्निर्माण गरेको हो।
घरले सुरक्षा मापदण्डहरू मात्र पूरा गर्दैन तर भक्तपुरको ऐतिहासिकता र संस्कृतिलाई जोगाएर भूकम्पीय सुरक्षालाई पनि ध्यानमा राखेर बनाइएको यो घर एउटा ज्वलन्त उदाहरण रहेको छ।
Published Date: 22 December 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1