अब शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक

अब शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक : Icon Khabar

काठमाडौं, पुस ५ । सरकारले राष्ट्रिय जनगणना–२०७८ को कूल जनसंख्याको शून्य दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या भएका जात–जातिलाई सरकारले अल्प संख्यकमा राख्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका समुदायलाई अल्पसंख्यकमा राख्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

मन्त्री शर्माले भनिन्– ‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना–२०७८ को कुल जनसंख्याको ०.५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजाति (दलितबाहेक) लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय भएको छ ।’

सरकारले सामाजिक समितिबाट पेस भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका–२०८० लाई पनि स्वीकृत गरेको छ ।

यस्तै, सामाजिक समितिबाट पेस भएको अपांगता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति–२०७९ र राष्ट्रिय बालबालिका नीति–२०७९ पनिसरकारबाट स्वीकृत भएको शर्माले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू