मन्त्री किरातीमाथि राजीनामा गर्न चौतर्फी दबाव

मन्त्री किरातीमाथि राजीनामा गर्न चौतर्फी दबाव : Icon Khabar

काठमाडौं, पुस ५ । विवादस्पद अभिव्यक्ति दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुनद किरातीमाथि राजीनामा दिन दबाव परेको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले भनेका थिए-कार्यक्रममा उनले भनेका थिए ‘क्रिस्चियनलाई मान्दिन भन्नु चाहिँ संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो।’

८० प्रतिशत भन्दा धेरै हिन्दू धर्म मान्ने देशमा क्रिश्चियन धर्म नमान्नेलाई देशद्रोही भनेको र उनीहरुलाई हतकडी लगाएर जेलमा हाल्दिने अभिव्यक्ति दिएका किरातीमाथि राजीनामा दिन चौतर्फी दबाव बढेको छ।

राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले उनको विरोध गरेका छन् र तत्काल मन्त्रीबाट राजीनामा दिन सुझाव दिएका छन्।

Published Date: 21 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु