राष्ट्रियसभा चुनाव : तोकियो सात मतदानस्थल र १४ मतदान केन्द्र

राष्ट्रियसभा चुनाव : तोकियो सात मतदानस्थल र १४ मतदान केन्द्र : Icon Khabar

काठमाडौं, पुस ५ । राष्ट्रियसभा चुनावका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ११ माघमा हुने चुनावका लागि आज  मतदानस्थल र केन्द्र तोकेको हो । प्रत्येक प्रदेशमा एक एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, वागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौँडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढी, कैलालीलाई मतदानस्थल तोकिएको छ ।

तोकिएका मतदानस्थलमा प्रदेशसभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् । तोकिएका मतदान केन्द्रमा ११ माघ बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2023
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध