सेयर बजारको उकालो यात्रामा लाग्यो ब्रेक

सेयर बजारको उकालो यात्रामा लाग्यो ब्रेक : Icon Khabar

काठमाडौं, पुस ५ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो।

अघिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १९२.६७ अंक बढेकाे छ। सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन देखिएको हो।

धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ८० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ।

Published Date: 21 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग