सेयर बजारको उकालो यात्रामा लाग्यो ब्रेक

सेयर बजारको उकालो यात्रामा लाग्यो ब्रेक : Icon Khabar

काठमाडौं, पुस ५ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो।

अघिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १९२.६७ अंक बढेकाे छ। सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन देखिएको हो।

धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ८० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 December 2023
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध