कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा : Icon Khabar

काठमाडौँ, पुस ३ । नेपाल सितोरियो कराते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब) गरी १० टिमका २ सय १० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए । प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन् ।

एकल र टिम कातासहित पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धमा खेल हुनेछ । टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष/महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

आयोजक र गोदवारी नगरपालिकाबीच ४ संस्करण प्रायोजन गर्ने पूर्व सहमति बमोजिम तेश्रो संस्करणका लागि पनि मंगलबारै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्ने छ ।

आयोजकका अनुसार सातदोबाटोस्थित कराते हलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च  हुनेछ । प्रतियोगिताका परिकल्पनकार एवं बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले प्रतियोगिता नेपालकै स्तरीय प्रतियोगिता मध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको बताउदै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी ऐतिहासिक रजत विजेता) जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 December 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू