आईपीएल अक्सन: अस्ट्रेलियाका कप्तान प्याट कमिन्स अहिलेसम्मकै उच्च मूल्यमा बिक्री

आईपीएल अक्सन: अस्ट्रेलियाका कप्तान प्याट कमिन्स अहिलेसम्मकै उच्च मूल्यमा बिक्री : Icon Khabar

काठमाडौँ, पुस ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी लिलामीमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्स अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएका छन्।

कमिन्सलाई २०.५० करोड भारुमा सनराइजर्स हैदरावादले खरिद गरेको हो। उनले हालै आफ्नो मुलुक अस्ट्रेलियालाई एकदिवसीय क्रिकेट विश्वकपका उपाधि दिलाएका थिए।

उनीभन्दा अघि साम करन आईपीएलका महंगा खेलाडी थिए। उनलाई पञ्जाब किङ एलेभेन्सले १८.५० करोडमा किनेको थियो। कमिन्सलाई यसअघि २०२० मा कोलाकाता नाइट राइडर्सले १५.५ करोडमा किनेको थियो।

Published Date: 19 December 2023