एनसेलको शेयर खरिदबिक्री: सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी

एनसेलको शेयर खरिदबिक्री: सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी : Icon Khabar

काठमाडौं, पुस ३ । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मङ्सिर २२ गते शुक्रबार दायर गर्नुभएको उक्त रिटमा मङ्गलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिएका हुन्।

सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका छन्।

न्यायाधीश राउतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका हुन्।

Published Date: 19 December 2023
ताजा
देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
अमरज्योति ज्ञानकुञ्जको तेह्रौँ वार्षिकोत्सव: प्रतिभा, मूल्य र भविष्यको उज्यालो सम्भावना
आगामी चैत ३० गते आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा हुने
मध्यपूर्व युद्ध: ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता