चीनमा शक्तिशाली भूकम्प : कम्तीमा १११ जनाको मृत्यु, २०० बढी घाइते

चीनमा शक्तिशाली भूकम्प : कम्तीमा १११ जनाको मृत्यु, २०० बढी घाइते : Icon Khabar

काठमाडौं, पुस ३ ।  चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । सोमबार राति गान्सु प्रान्तमा गएको भूकम्पमा अन्य २०० भन्दा बढी घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ । गान्सु प्रान्तमा १०० र छिमेकी छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको हो ।

चिनियाँ अधिकारीहरूका अनुसार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको तथा कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको छ । बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ ।

भूकम्पको केन्द्रबिन्दु प्रान्तीय राजधानी लान्झाउबाट करिब ६० माइल टाढा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । प्रभावितको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 December 2023
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न