चीनमा शक्तिशाली भूकम्प : कम्तीमा १११ जनाको मृत्यु, २०० बढी घाइते

चीनमा शक्तिशाली भूकम्प : कम्तीमा १११ जनाको मृत्यु, २०० बढी घाइते : Icon Khabar

काठमाडौं, पुस ३ ।  चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । सोमबार राति गान्सु प्रान्तमा गएको भूकम्पमा अन्य २०० भन्दा बढी घाइते भएको समाचार संस्था सीएनएनले जनाएको छ । गान्सु प्रान्तमा १०० र छिमेकी छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको हो ।

चिनियाँ अधिकारीहरूका अनुसार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको तथा कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको छ । बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ ।

भूकम्पको केन्द्रबिन्दु प्रान्तीय राजधानी लान्झाउबाट करिब ६० माइल टाढा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । प्रभावितको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ ।

Published Date: 19 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास