३० लाख रुपियाँ धरौटी बुझाउन पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत काठमाडौंमा

३० लाख रुपियाँ धरौटी बुझाउन पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत काठमाडौंमा : Icon Khabar

काठमाडौं, मंसिर २९ गते । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्व गृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नका लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

खाणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपियाँको बैंक ग्यारेन्टी बुझाउनुभएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छोडिनेछ ।

Published Date: 15 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास