सरकारद्वारा २५ वटा अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने निर्णय

सरकारद्वारा २५ वटा अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने निर्णय : Icon Khabar

काठमाडौं, मंसिर २९ । सरकारले २५ वटा अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित विवरण अनुसार अब डाँक, तार वा टेलिफोन सेवामा अवरोध गर्न पाइने छैन । त्यस्तै जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसार–पसार गर्ने यातायात सेवा, विमानस्थल अथवा हवाई जहाजको हेरचाह, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन ।

त्यस्तै, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स लगायत) मा पनि बन्द हड्ताल गर्न पाइने छैन ।

औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, बैंकिङ्क सेवा, बीमा सेवा, विद्यत सेवा, मास्क सम्बन्धी सेवा, ह्याण्ड स्यानिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवामा पनि हडताल गर्न नपाइने राजपत्रमा उल्लेख छ ।

Published Date: 15 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास