सरकारद्वारा २५ वटा अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने निर्णय

सरकारद्वारा २५ वटा अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने निर्णय : Icon Khabar

काठमाडौं, मंसिर २९ । सरकारले २५ वटा अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित विवरण अनुसार अब डाँक, तार वा टेलिफोन सेवामा अवरोध गर्न पाइने छैन । त्यस्तै जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसार–पसार गर्ने यातायात सेवा, विमानस्थल अथवा हवाई जहाजको हेरचाह, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन ।

त्यस्तै, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स लगायत) मा पनि बन्द हड्ताल गर्न पाइने छैन ।

औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, बैंकिङ्क सेवा, बीमा सेवा, विद्यत सेवा, मास्क सम्बन्धी सेवा, ह्याण्ड स्यानिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवामा पनि हडताल गर्न नपाइने राजपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू