प्रधानमन्त्रीको आह्वानमा चौमासिक समीक्षा र मन्त्रिपरिषद बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा चौमासिक समीक्षा र मन्त्रिपरिषद बैठक बस्दै : Icon Khabar

काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा चौमासिक समीक्षा बैठक बस्ने भएको छ । आज (बिहीबार) दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्री प्रचण्डले समीक्षा बैठक बोलाएका हुन् ।

बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको समीक्षाको लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

समीक्षा बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो ३ बजे मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन् । आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवमा सेवा लम्साललाई नियुक्ति गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 December 2023
Website | + posts




ताजा
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित