प्रधानमन्त्रीको आह्वानमा चौमासिक समीक्षा र मन्त्रिपरिषद बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा चौमासिक समीक्षा र मन्त्रिपरिषद बैठक बस्दै : Icon Khabar

काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा चौमासिक समीक्षा बैठक बस्ने भएको छ । आज (बिहीबार) दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्री प्रचण्डले समीक्षा बैठक बोलाएका हुन् ।

बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको समीक्षाको लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

समीक्षा बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले आजै दिउँसो ३ बजे मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन् । आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवमा सेवा लम्साललाई नियुक्ति गर्ने सम्भावना छ ।

Published Date: 14 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास