अग्रता जोगाउन नसक्दा चितवनको बराबरी

अग्रता जोगाउन नसक्दा चितवनको बराबरी : Icon Khabar

काठमाडौँ, मंसिर २१ ।  नेपाल सुपर लिग एनएसएलमा बिहीबार चितवनले बुटवल लुम्बिनीसँग बराबरी खेलेको छ ।  प्राप्त अग्रतालाई जोगाउन नसक्दा चितवनले बुटवलसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा स्टेफन समिर बियोङले गोल गर्दै बुटवललाई एक अंक दिलाउन सफल रहे ।

मणी लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले चलाखीपूर्ण गोल गर्न सफल रहे । जुन गोलमा चितवनका डिफेन्डर र गोलकिपरको समन्वयको अभावले समेत सहयोग गर्यो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा अग्रता भने चितवनले उत्सव राईको गोलमा लिएको थियो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा उत्सवले लामो दुरीबाट प्रहार गरेको बल पोस्ट भित्र छिरेको थियो । बुटवलका गोलकिपर मोहमदुको कमजोर किपिङमा उत्सवको प्रहारले जाली चुमेको थियो ।

खेलको अन्तिम समयमा बियोङले गोल गर्दै बुटवललाई महत्वपुर्ण एक अंक दिलाउन सफल रहे ।  बुटवलले चार खेलबाट ४ अंक जोडेको छ । चितवनले चार खेलबाट ५ अंक जोडेको छ ।

Published Date: 07 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु