अग्रता जोगाउन नसक्दा चितवनको बराबरी

अग्रता जोगाउन नसक्दा चितवनको बराबरी : Icon Khabar

काठमाडौँ, मंसिर २१ ।  नेपाल सुपर लिग एनएसएलमा बिहीबार चितवनले बुटवल लुम्बिनीसँग बराबरी खेलेको छ ।  प्राप्त अग्रतालाई जोगाउन नसक्दा चितवनले बुटवलसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा स्टेफन समिर बियोङले गोल गर्दै बुटवललाई एक अंक दिलाउन सफल रहे ।

मणी लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले चलाखीपूर्ण गोल गर्न सफल रहे । जुन गोलमा चितवनका डिफेन्डर र गोलकिपरको समन्वयको अभावले समेत सहयोग गर्यो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा अग्रता भने चितवनले उत्सव राईको गोलमा लिएको थियो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा उत्सवले लामो दुरीबाट प्रहार गरेको बल पोस्ट भित्र छिरेको थियो । बुटवलका गोलकिपर मोहमदुको कमजोर किपिङमा उत्सवको प्रहारले जाली चुमेको थियो ।

खेलको अन्तिम समयमा बियोङले गोल गर्दै बुटवललाई महत्वपुर्ण एक अंक दिलाउन सफल रहे ।  बुटवलले चार खेलबाट ४ अंक जोडेको छ । चितवनले चार खेलबाट ५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 December 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने